काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई ६७ हजार ८०० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा डेरा गरी बस्ने धनुषाका ३६ वर्षीय विशाल चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा विशालसहित आठ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख १७ हजार ४०० रुपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित होटल रिभरसाइडमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ५० वर्षीय प्रेम ठकुरीसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ६८ हजार ६३५ रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।
_NyYbkCyVOj.gif)
तीनवटै घटनामा पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0 comments