हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

News 1 min read

झापा। हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

खातुनसँगै पदयात्रामा रहनुभएका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते हुनुभएको छ । उहाँको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ।

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the news in your inboxSubscribe to our newsletter.