प्रहरी महानिरीक्षक कार्कीबाट नक्सालमा मौलो पूजा, प्रहरी कर्मचारीलाई पुरस्कार

News 2 min read

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको पूजाअर्चनाका क्रममा प्रहरी महानिरीक्षक कार्कीले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाछापसमेत लगाएका छन् ।

मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

Laxmi sunrise bank

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीसहित प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।

Shivam Cement

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । यसमा दुई वटा निशान रहेका छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा रामधनुषको चिह्न अंकित हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्रका चिह्न अंकित हुन्छन् ।

Asian Paints

राष्ट्र र नागरिकको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने जिम्मेवारी पूरा गर्न सफलता प्राप्त होस् भन्ने कामनासहित निशान झण्डालाई शक्तिपीठ र इष्टदेवताको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको नेपाल प्रहरीले जनाएको छ।

Nabil bank

सङ्गठनको कार्यसम्पादनमा कुनै अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भन्ने उद्देश्यले निशान झण्डाको पूजा गरिँदै आएको छ ।

नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडादसैँ र चैतेदसैँमा मौलो पूजा गर्दै आएको छ । देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पनि आज विधिपूर्वक पूजा सम्पन्न गरिएको नेपाल प्रहरीले जनाएको छ ।

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the news in your inboxSubscribe to our newsletter.