लागूऔषधसहित ९ जना पक्राउ

News 1 min read

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मंगलबार जनाएअनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ९३० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–१ राँका निवासी २० वर्षीय विकाश सार्कीसहित तीन जना छन् ।

त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–२ का २४ वर्षीय प्रदीप राजवंशीसहित तीन जना छन् ।

Laxmi sunrise bank

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०० मिलिग्रामसहित भारतको पिलिभित न्युरिया कलौनीका ३२ वर्षीय अमित हलदर पक्राउ परेका छन् ।

Shivam Cement

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीका २७ वर्षीय आयुस बमसहित दुई जना ब्राउनसुगरजस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित पक्राउ परेका छन् ।

Asian Paints

पक्राउ परेका सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the news in your inboxSubscribe to our newsletter.