महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्

News 1 min read

काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ ।

महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ । सोही परम्पराअनुसार चालक तथा सवारीधनीले आफ्ना मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन भद्रकाली मन्दिर परिसरमा ल्याएर पूजा गरेका छन् ।

सवारीसाधनमा टीका लगाउनुका साथै फूलमाला चढाएर पूजा गर्ने र प्रसाद ग्रहण गर्नेको बिहानैदेखि मन्दिर परिसरमा चहलपहल बढेको छ ।

Laxmi sunrise bank

महानवमीका दिन सवारीसाधन तथा औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने र व्यवसायमा प्रगति हुने धार्मिक विश्वास छ । त्यसैले यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिले यस दिन विशेष पूजा गर्ने गर्छन् ।

Shivam Cement

पूजा गर्न आउनेको चहलपहल बढेसँगै भद्रकाली मन्दिर आसपासका क्षेत्रमा सवारीसाधनको आवागमनसमेत बाक्लिएको छ ।

Asian Paints

gadipooja 1gadipooja 2gadipooja 3gadipooja 4

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the news in your inboxSubscribe to our newsletter.