२७ असोज, काठमाडौं । सार्वजनिक अभिव्यक्ति र आचरणलाई लिएर पटकपटक प्रश्न उठ्दै आएका रास्वपा सांसद खगेन्द्र सुनार यतिबेला महिलालाई अश्लील गाली गर्दै धम्की दिएको भनिएको अडियो प्रकरणमा विवादमा परेका छन्।
सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त अडियोपछि उनीमाथि गम्भीर छानबिनको माग भइरहेको छ । तर एउटा महिलाको अस्मितासँग जोडिएको विषयमा बहालवाला सांसद मुछिँदा सरकार अहिलेसम्म चुपचाप बसेको छ ।




0 comments